१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

नवनिर्वाचित अमेरिकी राष्ट्रपति वाइडेनले लगाए कोरोनाविरुद्धको खोप

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडेनले कोरोनाविरुद्धको पहिलो खोप लगाउनुभएको छ । उहाँले खोप लगाएको दृष्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

कोरोनाको महामारी संसारभर जारी रहेपनि खोपको प्रभावकारीबारे ढुक्क रहन अमेरिकी नागरिकलाई आग्रहसमेत गर्नुभएको थियो ।

राष्ट्रपति वाइडेनले हरेक अमेरिकी नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन अपीलसमेत गर्नुभएको छ । उहाँले अमेरिकाले कोरोनाविरुद्धको खोप पत्ता लगाउनुको जस वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई जानेसमेत बताउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिकामा उच्च सरकारी अधिकारीहरूलाई कोरोना भाइरस विरुद्धको खोप दिने अभियान अघिल्लो हप्तादेखि चलाइएको हो । यसअघि उपराष्ट्रपति माइक पेन्स, सभामुख नान्सी पेलोसी, सिनेटमा बहुमत भएको दलका नेता मिच म्याककोनेल लगायतले गत शुक्रबार लगाइसकेका छन् ।

हालसम्म ५ लाख भन्दा बढी अमेरिकी नागरिकलाई खोप लगाइएको बताइएको छ । यता राष्ट्रपति वनइडेनले आफ्नो कार्यकालको एक सय दिनमा १० करोड भन्दा बढीलाई कोराना विरुद्धको भ्याक्सिन लगाउने यसअघि नै घोषणा गर्नुभएको छ ।

अमेरिकामा हालसम्म करिब १ करोड ८४ लाख मानिस कोरोना संक्रमित भएका छन् भने ३ लाख २६ हजार जनाको मृत्यु भइसकेको छ । 

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*