२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

देशै भर बर्षा, उच्च पाहाडी तथा हिमाली जिल्लामा बाक्लो हिमपात जनजिवन कष्टकर

गए राति देखि परेको बर्षा र जाडोका कारण देशै भरको जनजिवन कष्टकर बनेको छ ।
पश्चिमी न्यूनचापिय प्रणलीका कारण देशै भर मौषम बदलि भइ पानी परिरहेको जल तथा मौषम बिज्ञान विभागले जनाएको छ ।
पानी संगै बिहिबार अपराहन्न देशका पश्चिमी क्षेत्रमा चट्याङ सहित असिना समेत परेका छ । असिनाले केहि स्थानका बाली नालिलाई समेत असर पुर्याएको किसानहरुले बताएका छन् ।
मौषम बदलि संगै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिउँ परेको छ । काठमाडौं उपत्यकाको चन्द्रागिरी,नगरकोट लगाएतका उच्च स्थानमा हिंमपात भइरहेको छ ।
उता बैतडिमा गए राति देखि भएको हिमपातका कारण त्यस क्षेत्रमा चल्ने लामा तथा छोटा दुरीका यातायात अवरुद्ध भएको छ । बैतडिका खोडेपे, मुस्याचौर, अनारखोली लगाएतका स्थानमा बाक्लो हिमपात भएको स्थानीयले जनाएका छन् ।
त्यस्तै मुगुमा पनि बाक्लो हिउँपरेको स्थानीयले जनाएका छन् । मुगुका रारा, ताल्चा, डोल्फु,सोरुकोट लगाएतका उच्च स्थानमा बाक्लो हिउँ पर्दा त्यस क्षेत्रको जनजिवन कष्टकर बनेको स्थानीय प्रशासनले जनाएको छ ।
यता सोलुखुम्बुमा पनि गए राति देखि नै बाक्लो हिमपात भएको छ । सोलुखुम्बुको नाम्चे बजार, लुक्ला, सल्लेरी लगाएतका स्थानमा झण्डै दुई फिट हिउँजमेको स्थानीय बासीले बताएका छन् । हिमपातका कारण मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् । बाक्लो हिउँ परेका कारण बजार, यातायातका साधन बन्द रहेको प्रहरीले जनाएको छ ।
शनिबार देखि भने मौषमम सुधार आउने जल तथा मौषम बिज्ञान विभागले जनाएको छ । विभागका अनुसार शुक्रबार राति सम्म मौषम यथावत रहेपनि शनिबार भने मौषममा सुधान आउने अनुमान रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*