१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

ढिस्कोमा पुरिएर पोखरामा ५ जनाको मृत्यु

पोखरा । पोखरा महानगरपालिका वडा न.२० को मौजामा ढिस्कोले पुरिएर ५ जनाको ज्यान गएको छ ।
पोखरा महानगरको कनेक्टिभिटी सडक निर्माणको काम गर्दै गरेको समयमा एक्कासी ढिस्को खस्दा ३ जनाको घटना स्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मृत्यु हुनेहरुमा सल्यानको बागचौर नगरपालिका ४, पेदीखोलाका जितबहादुर बस्नेत, गणेश ओली, तोभान बस्नेत, जोगेन्द्र बुढाथोकी र खिमलाल ओली रहेका छन् । मृतक पाँचै जना सल्यानको एकै गाँउका हुन् ।
सल्यान जिल्लाबाट कामका लागि गएका उनिहरु आईतवार बिहान मौजामा नाली खन्ने क्रममा ढिस्को खसेर पुरिएका थिए ।
पुरिएकाहरुलाई स्थानिय बासी र प्रहरीको साहेतामा बाहिर निकालीएको थियो ।
मृतकको अहिले पोष्टमार्टम भैरहेको प्रहरीले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*