२५ बैशाख २०८१, मंगलवार  |  7 May 2024,Tuesday
Ad

झण्डै ५३ लाख नक्कली रुपैयाँ सहित ९ जना प्रहरी नियन्त्रणमा

प्रहरीले झण्डै ५३ लाख नक्कली रुपैयाँ सहित ९ जनालाई पक्राउ गरेको छ । काठमाडौंको नागढुंगा, नयाँ बसपार्क र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोट सहित त्यसमा संलग्न ९ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा अछामका अर्जुन बुढा, सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली रहेका छन् ।
प्रहरीले लुम्बिनीबाट काठमाडौं आउँदै गरेकोे हरियो नम्बर प्लेट भएको पर्यटक बस खानतलासीका क्रममा चाउचाउको कार्टुनमा राखिएको एक हजार दरका तीन हजार ५७३ थान नक्कली नोट फेला पारेको थियो ।
त्यस्तै गोंगबु बसपार्क र भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपैयाँ पनि बरामद गरेको छ ।
त्यस क्रममा प्रहरीले चाँगु बुढाथोकी गाउँ स्थित ४० वर्षीय अर्जुन सुवेदीको डेरावाट नक्कली नोट छाप्ने कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटर पनि बरामद गरेको जनाएको छ ।
पक्राउ परेकाहरु बारे थप अनुसन्धान थालेको पनि प्रहरीले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*