१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

जनता र सबै कार्यकर्तालाई बुझाएर मात्र एमसीसी बारे निर्णय हुन्छ : नेकपा अध्यक्ष प्रचण्ड

कास्की । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता र सबै कार्यकर्तालाई बुझाएर मात्र एमसीसी पास बारे निर्णय हुनुपर्ने बताएका छन् ।
प्रेस सङ्गठन कास्कीले बुधबार पोखरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले एमसीसीबारे सबैलाई प्रष्ट पार्न जरुरी रहेकोले अध्ययन कार्यदल गठन गरिएको बताए ।
अध्ययन कार्यदलले भनेकै आधारमा मात्र एमसीसी पास गर्न नसकिने भन्दै जनता र कार्यकर्तालाई बुझाउन सके मात्र एमसीसी पास गर्नुले सार्थकता पाउने बताए ।
अध्ययन कार्यदलले प्रतिवेदन सचिवालयलाई बुझाउँछ र त्यसमा पार्टीले निर्णय गरेर एमसीसी पास गर्ने उनको भनाई थियो ।
सभामुखसँग एमसीसी साटिएको भन्ने कुरामा कुनै सत्यता नभएको भन्दै अध्यक्ष प्रचण्डले हल्लाको पछि नलाग्न सवैलाई आग्रह समेत गरे ।
राष्ट्रियसभाको निर्वाचनपछि पार्टीले नै दुई तिहाइ सरकारको प्रतिनिधित्व गरेकोले अव जनचाहाना अनसुसार काम गरेर देखाउने बेला भएको उद्घोष गरे । प्रचन्डले थपे स्थिर सरकार हुनु जनताका लागि र प्रतिपक्षीका लागि पनि खुसीको कुरा बन्नु पर्छ ।
पछिल्लो समय कोरोना भाईरले गर्दा कुनै पनि देशमा देखिएको स्वस्थ्य समस्यालाई लिएर कसैले पनि अतिरञ्जना फैलाउनु गलत हुने प्रचण्डले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*