२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

चीनका विदेश मन्त्री वाङ आज नेपाल आउँदै

चीनका विदेश मन्त्री वाङ शुक्रबार (आज) नेपाल आउँदै छन् ।
स्टेट काउन्सिलर समेत रहेका विदेशमन्त्री वाङ परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रनामा नेपाल आउन लागेका हुन् ।
उनि पाकिस्तान, अफगानिस्तान तथा भारत हुँदै नेपाल आउन लागेको परराष्ट्रमन्त्रालय श्रोतले बताएको छ ।
नेपाल रहँदा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा संग शिष्टाचार भेटको कार्यक्रम तय भएको छ । त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी ओली,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल सँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको श्रोतले बताएको छ ।
वाङ नेपाल रहँदा दुईमुलबीच भएका पुराना तथा नयाँ कार्यक्रमहरु कार्यान्वयमा लैजाने बिषयमा सम्झौता हुने अनुमान गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*