२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

गाडी भाडा बढ्यो

आईतबार (आज) देखि लागु हुने गरी यातायात सवारीसाधनको भाडा बढेको छ ।
यातायात व्यवस्था विभागले भाडादरको सूची सार्वजनिक गर्दै सार्वजनिक यातायातको भाडादर १० प्रतिशतले बढेको जानकारी दिएको हो ।
विभागका अनुसार मालबहाक सवारी साधनको पनि भाडा बढाईएको छ । पहाडी बाटामा चल्ने मालबाहक सवारी साधनको १३ प्रतिशतका दरले र तराईमा चल्ने मालबाहक सवारी साधनमा १५ प्रतिशतले भाडा बढाईएको बिभागद्वारा जारी सूचनामा उल्लेख छ ।
आउँदा दिनमा पेट्रोलियम पदार्थमा पाँच प्रतिशत भन्दा धेरैले मूल्य घटबढ भए सोहि अनुसारको स्वचालित प्रणालीबाट भाड समायोजन गरिने गरी योजना बनाईएको यातायात व्यावस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।
केहि समय यता पेट्रोलियम पदार्थको मूल्य बढेको तर यातायात भाडा भने नबढेका कारण आफूहरु मारमा परेको भन्दै यातायात व्यवसायीहरुले गुनासो गर्दै आएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*