१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

क्रिया बसेका दम्पतीको आगलागीमा परी मृत्यु

संखुवासभाको मादी नगरपालिका–५ च्याङरिङका बुबाको किरिया बसेका एक दम्पतीको आगलागीमा परी मृत्यु भएको छ ।

बिहीबार राति आगलागिमा परी मृत्यु हुनेमा ४६ वर्षीय राजेन्द्रबाबु दाहाल र उनकी श्रीमती ५० वर्षीया कमला भण्डारी रहेको प्रहरीले जनाएको छ ।

दाजुको घरमा क्रिया बसेका दुवै दम्पती बिहीबार राति घरबाहिर निस्किएएकोमा लामो समय नफर्किय पछि उनिहरुको खोजि भएको थियो । लगतै खोजी गर्ने क्रममा उनीहरुको आफ्नो घरमा आगलागीमा परेको पाइएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मादीराम्बेनीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा राति नै आगलागी नियन्त्रणमा लिएको प्रत्यक्ष दर्शिले बताएका छन् । ।

आगलागीको कारण खुल्न सकेको छैन । घटना बारे प्रहरीले अनुसन्धान थालेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*