२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

कार्यान्वयनको सुनिश्चितता भए मात्र विधेयक पारित गर्दा राम्रो हुन्छ : सभामुख घिमिरे

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राज्यलाई आवश्यक परेका विधेयकहरु बृहत छलफल गरेर मात्र पारित गर्नुपर्ने बताए छन् ।
संघीय संसद भवनको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गदै सभामुख घिमिरेले कार्यान्वयनको सुनिश्चितता भए विधेयक पारित गर्दा राम्रो हुने आशय व्यक्त गरेका हुन् ।
भोलि २२ गतेबाट शुरु हुने संसदको हिउँदे अधिवेशनलाई लक्षित गर्दै आफुले संसद क्यालेण्डर अनुसार चलाउनुपर्नेमा समेत जोड दिएको बताए ।
सभामुख घिमिरेले प्रिबजेट छलफलका लागि कानूनी प्रवन्ध अध्यादेश मार्फत आएको भन्दै त्यसकालागि सरकारले आवश्यक ध्यान दिइरहेको पनि बताए ।
सरकारले संसदमा बिजनेसको कमी नहुने बताएको भन्दै यस पटक हिउँदे अधिवेशनमा संसदलाई बिजनेसको कुनै कमी नहुनेमा समेत आफु विश्वस्त रहेको बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*