२५ बैशाख २०८१, मंगलवार  |  7 May 2024,Tuesday
Ad

करिम बेन्जिमालाई च्याम्पियन्स लिगको प्लेयर अफ द सिजन अवार्ड

स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले च्याम्पियन्स लिगको प्लेयर अफ द सिजन अवार्ड जितेका छन् । रियललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका बेन्जिमा प्लेयर अफ द सिजन घोषित भएका हुन्।

रियलले लिभरपुललाई १–० ले हराएर १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । ३४ वर्षीय बेन्जिमाको यो पाँचौं च्याम्पियन्स लिगको उपाधि हो । बेन्जिमाले यस सिजन १२ च्याम्पियन्स लिग खेलका १५ गोल गरेका थिए ।

यस्तै रियलकै भिनिसियस जुनियर योङ प्लेयर अफ द सिजन घोषित भएका छन् । २१ वर्षीय जुनियरले फाइनलमा निर्णायक गोल गरेका थिए । उनले यस सिजन ४ गोल र ६ असिस्ट गरेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*