२४ बैशाख २०८१, सोमबार  |  6 May 2024,Monday
Ad

कोरोनाका कारण लोक सेवा र त्रिविले आफ्ना परीक्षा स्थगित गरे

लोक सेवा आयोगले विभिन्न पदकालागि लिन लागेको लिखित परीक्षाहरु माघ मसान्तसम्मका लागि स्थगित गरेको छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यजनर गर्दै परिक्षा माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए ।
आयोगले यहि माघ ११ गतेदेखि उपसचिवको परीक्षा गर्ने तय गरेको थियो ।
त्यस्तै त्रिभुवन विश्वविद्यालको पनि वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा हाललाई स्थगित गर्ने निर्णय भएको छ ।
शुक्रबार र शनिबार हुने प्रवेश परीक्षा बाहेक अन्य सवै परीक्षा अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।
कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढेपछि स्थीतिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गर्नु परेको जोशीको भनाई छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*