१५ बैशाख २०८१, शनिबार  |  27 April 2024,Saturday
Ad

ओली भेट्न पुगे प्रचण्ड वालुवाटारमा


अध्यादेशपछि नेकपा विवाद थप बढेर स्थायी कमिटी बैठक के हुने भन्ने अन्यौल भइरहेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई भेट्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन् ।

दाहाल वालुवाटार जानुभन्दा अगाडि प्रधानमन्त्री ओलीको सन्देश लिएर लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल खुमलटार पुगेका थिए । केहीबेरअघि बालुवाटार पुगेका दाहालले आजको बैठकको कार्यसूचीबारे ओलीलाई जानकारी गराउनेछन् । तर पोखरेलले भने दाहाललाई स्थायी कमिटीको बैठक स्थगित गर्नुपर्ने ओलीको सन्देश लिएर भेटेका थिए ।

स्थायी कमिटी बैठक आज एक बजे बालुवाटारमा बस्ने भनिएपनि अहिलेसम्म अन्यौल छ । दाहाल –माधव नेपाल पक्षले अध्यादेश खारेजीको प्रस्ताव बैठकमा ल्याउन खोजेको छ । यसबीचमा दुई अध्यक्षबीच एक्ला एक्लै संवाद पातलिएका बेला आजको छलफललाई अर्थपूर्ण मानिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*