१५ बैशाख २०८१, शनिबार  |  27 April 2024,Saturday
Ad

‘एन्युरिजम क्वाइलिङ’ रोगकको नेपालमै सफल शल्यक्रिया

२३, फाल्गुन, काठमाडौँ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले सेरेब्रल एन्युरिजम क्वाइलिङ को सफलतापूर्वक शल्यक्रिया गरेको छ । सेरेब्रल एन्युरिजमबाट पीडित एक वृद्धाको डा. सुवाष फुयाँल, डा कपिल दवाडी र डा सौरभकृष्ण मल्लको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको अस्पताल प्रसासनले बताएको छ ।
एन्युरिजम रोग बाट पिडित बिरामीको मस्तिष्कमा रहेको रक्तनलीको कमजोर भाग फुलिएको हुन्छ । सस्तिकको संबेदनसील भागका रक्तनली फुट्यो भने आन्तरिक रक्तश्राव भई बिरामीको मृत्यु समेत हुन सक्ने खतरा रहने चिकित्सकहरुले बताए । अस्पतालका कन्सल्ट्यान्ट न्युरोइमेजिङ एन्ड इन्टरभेन्सनल रेडियोलोजिस्ट डा. सुवाष फुयालले एन्युरिजम क्वाइलिङमा बिरामीको खप्पर नखोलिकनै गरिने भएकाले बिरामीका महत्वपूर्ण आन्तरिक अङ्गमा क्षति पुग्ने सम्भावना निकै कम हुने बताए ।
लमजुङबाट ल्याइएकी ६० वर्षीया वृद्ध महिलामा यो उपचार विधि अपनाएको थियो । असह्य टाउको दुख्नुका साथै र बारम्बार अचेत भएकी उनलाई सफल अप्रेसन पछि राम्रो भई घर पठाइएको अस्पतालले जनाएको छ ।
अस्पतालले सेरेब्रल एन्युरिजम क्वाइलिङ सफलतापूर्वक सम्पन्न गरेर नेपालमै विश्वस्तरीय र भरपर्दो उपचार हाम्रै देशमा गराउने अवसर बिरामीलाई दिन सफल भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले खुसि व्यक्त गरे ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*