२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

उमेदवार बन्नु पूर्व पदबाट राजिनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नर्गन सर्बोच्चको अन्तरिम आदेश

निर्वाचन आयोगले जारी गरेको बहालमा रहेका स्थानीय तहका पदाधीकारी उमेदवार बन्नु पूर्व पदबाट राजिनामा दिनुपर्ने आचारसंहितामा सर्बोच्चले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिटको सुनुवाई गर्दै सर्बोच्चले तत्काल पदबाट राजिनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्ने आदेश दिएको हो ।
सर्बोच्च अदालतका न्यायाधिश बमकुमार श्रेष्ठको एकल इजलासले आचारसंहिता जारी गर्नुको कारण देखाउन समेत आदेश दिएको छ ।
यही चैत्र ३ गते निर्वाचन आयोगले राजपत्रमा स्थानीय निकायका पदाधिकारी उमेदवार बन्नु पूर्व पदबाट राजिनामा दिनुपर्ने आचारसंहिता प्रकाशन गरेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*