५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

फेरी आयो रोजगारीकालागि कोरीया जाने अवसर

वैदेशिक रोजगार विभागअन्तरगतको ईपीएस कोरिया शाखाले रोजगारीका लागि कोरिया जान चाहने नेपालीहरुबाट भाषा परिक्षाको आवेदन माग गरेको छ ।
कोभिड–१९ का कारण गएको दुई बर्ष देखि रोकिएको भाषा परिक्षालाई पुन सुचारु गर्दै रोजगारीको लागि आकर्षक गन्तव्य कोरियाको लागि सोमाबार आवेदन माग गरेको हो ।
आउँदो चैत्र १४ गते देखि २१ गते सम्म कोरियामा रोजगारका लागि जान चाहने नेपालीले आवेदन दिन सक्ने विभाग अन्तर्गतको ईसीएस कोरिया शाखाले जनाएको छ । त्यसका लागि अनलाईन मार्फत eoers. epsnepal.gov.np मा गएर अवेदन दिन सकिने छ ।
भाषा परिक्षा १८ बर्ष पुरा भइ ३९ बर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउने छन् । योग्य व्यक्तिले एउटा मात्र क्षेत्रवाट आवेदन दिएर प्रकृया पुर्याई भाषा परिक्षामा सामेल हुन पाउने छ ।
शाखाले निकालेको तालिका अनुसार उत्पादन क्षेत्रमा आवेदन दिनेहरुले २०७९ आषाढ २० देखी १० भाद्र सम्म पहिलो र १६ भाद्र देखि २१ असोज सम्म दोस्रो चरणमा परीक्षा दिने पाउने व्यवस्था मिलाएको छ ।
त्यस्तै कृषि तथा पशुपालनतर्फ आवेदन भर्नेहरुले २६ वैशाख २०७९ देखि १३ जेष्ठ सम्म पहिलो र २४ जेष्ठ देखि १६ आषाढ सम्म दोस्रो चरणको परीक्षा हुने उल्लेख छ ।
शाखाले कोरीयन भाषा उर्तीन गर्नु कोरीयामा रोजगारीको ग्यारेन्टी होईन समेत भनेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*