१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

उपप्रधानमन्त्री पोखरेल र अमेरिकी रक्षा राज्यमन्त्री बीच भेटवार्ता

१३, फाल्गुन काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टर बीज सोमवार (आज) शिष्टाचार भेट घाट भएको छ
सिंहदरबार स्थित रक्षा मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई बर्तमान परिबेषमा कसरी सुदृढ गर्दै लैजाने तथा नेपालको आर्थिक विकास र समृद्धिमा कसरी सहयोग जुटाउने भन्ने विषयमा छलफल भएको छ ।
भेटमा अमेरिकाका रक्षा राज्यमन्त्री फेल्टरले नेपालको विकास र समृद्धिकालागि निरन्तर सहयोग हुने समेत विश्वास दिलाए ।
त्यस अवसरमा उपप्रधामन्त्री पोखरेलले नेपालका सुरक्षा अङ्गलाई कसरी व्यवस्थित र सुदृढ बनाउने भन्नेबारेमा पनि छलफल भएको सञ्चारकर्मीलाई जानकारी दिए । नेपाललाई अमेरिकाले निरन्तर सहयोग गरेको स्मरण गर्दै उपप्रधानमन्त्री पोखरेलले दुई देशबीचको सैन्य सम्बन्धका लागि सधैँ सहकार्य हुने बिश्वास व्यक्त गरे ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*