२५ बैशाख २०८१, मंगलवार  |  7 May 2024,Tuesday
Ad

इन्डियन प्रिमियर लिग : लखनउलाई हराउँदै बैंगलोर शीर्ष दुईमा

रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा पाँचौं जीत निकालेको छ । मुम्बईमा मंगलवार राति भएको खेलमा बैंगलोरले लखनउ सुपर जायन्ट्सलाई १८ रनले हराएको हो ।

बैंगलोरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रन मात्र बनाउन सक्यो । त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८१ रन जोडेको थियो ।

यस जीतसँगै बैंगलोर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बैंगलोरले ७ खेलमा १० अंक जोडेको छ । लखनउ ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*