१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

आजदेखि ‘सी’ डिभिजन लिग फुटबल हुँदै

२२, फाल्गुन, काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बुधबार (आज) देखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दै छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने ‘सी’ डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । खेलमा सहभागी ११ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा छ र समूह ‘बी’ मा पाँच क्लब रहेका छन् । दुवै समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्ने छन् । ‘ए’ र ‘बी’ डिभिजन लिग सकिएलगत्तै यो ”सि” डिभिजनको खेल अयोजना गरिएको लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए ।

‘एन्फा”का अनुसार समूह ‘ए’ मा स्वयम्भू क्लब, कशामदेवी प्लानिङ ब्वाइज युनाइटेड, ओएसिस क्लब, मनोहरा एकीकृत युथ क्लब, सानो गौचरण युवा क्लब र सामाजिक युवा क्लब छन् । यस्तै समूह ‘बी’ मा वीरगन्ज युथ एकेडेमी, खालीबारी युवा फुटबल क्लब, महावीर स्टडिज एण्ड एथ्लेटिक्स एशोसिएसन, सानेपा क्लब र समाज कल्यान खेलकूद केन्द्र रहेका छन् ।

लिगको आज हुने उद्घाटन खेलमा खालीबारी युवा क्लब र समाज कल्याण खेलकूद केन्द्र क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
लिगको विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाख पाउने छन् । भने विधागत उत्कृष्टले रु २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*