२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

अख्तियार र आयोगले डामेका झण्डावाल मन्त्रीहरूलाई घर पठाउँ : सांसद थापा

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले अख्तियार र आयोगले डामेका झण्डावाल मन्त्रीहरूलाई झण्डा छोपेर घर पठाउनुपर्ने बताएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाकोे बैठकमा बोल्दै सांसद थापाले सहकारी ठग्ने तथा दुई–चार थान नागरिकता राख्नेलाई पनि घरै पठाएर अनुसन्धान गर्नु पर्ने बताए ।

केही समय यता यताकोले उता बसेकाको दागी देखाउने, उताकाले यता बसेकोलाई दागी देखाउन प्रबृती देखिएको भन्दै यस्तो पाराले संसद राम्ररी नचन्ले र मूल विषय छाँयामा पर्नेमा नेता थापा चिन्दा व्यक्त गरे ।

घर पठाईएकाहरु दोषी देखिए दण्ड बोहोर्नु पर्ने र निर्दोष भई फर्केर आउनेलाई फुलमालाले स्वागत गर्नु पर्ने पनि सांसद थापाको तर्क थियो ।

यति गर्न सके मिटरब्याज, दुग्ध किसानले मूल्य नपाएका र एनसेल प्रतिवेदनका बारेमा संसदमा सार्थक छलफल गर्न सकिने समेत उनको भनई थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*