२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

राष्ट्रिय सभा अध्यक्ष आफुहरुले पाउनु पर्ने माओवादी केन्द्रको दावी

सत्ता गठबन्धको एक घटक नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष आफुले पाउनु पर्ने दावि गर्दै आएको छ ।
नेपाली काँग्रेसले राष्ट्रिय सभा सदस्यमा हालै निर्वाचित कृष्ण प्रसाद सिटौलालाई अध्यक्ष बनाउने चर्चा चलिरहेका बेला माओवादी केन्द्रले अध्यक्ष आफ्नो पार्टीले पाउनु आवज उठाएको हो ।
केन्द्रको पेरिसडाँडामा बसेको स्थायी कमिटीको आजको बैठकमा अधिकाँस नेताहरुले अध्यक्ष आफ्नो पार्टीले पाउनु पर्ने आवाज उठाएको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
बैठकमा सदस्यहरुले पार्टीले राष्ट्रिय सभा अध्यक्षको पद छोड्न नहुने र त्यसका लागि अध्यक्ष सहितका नेताहरु लाग्नु पर्ने नेतृत्वलाई सुझाव दिएको पनि प्रवक्ता सापकोटाले बताए ।
राष्ट्रिय सभा निर्वाचनमा भएको तालमेल नतिजा बारे समिक्ष गर्दै अधिकाँस साथिहरुले राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पार्टीले छोर्ड नहुने मत राखेको सापकोटाको भनाई थियो ।
पार्टीको स्थायी कमिटीको बैठक बुधबार पनि डाकिएको प्रवक्ता सापकोटाले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*