१५ बैशाख २०८१, शनिबार  |  27 April 2024,Saturday
Ad

अंक सहित तालिकामा पुछारमा रहेको वेस्ट ब्रोमसंग लिभरपुलले अंक बाड्यो


प्रिमियर लिग फुटबलमा लिभरपुलले वेस्ट ब्रोमसंग बराबरी खेल्दै अंक बाँडेको छ । आईतबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले लिग तालिकाको पुछारको टिम वेस्ट ब्रोमसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

साडियो मानेले खेलको १२ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । तर खेल सकिन ८ मिनेट अघि सेमी अजायीले गोल गर्दै वेस्ट ब्रोमलाई बराबरीमा ल्याएका थिए । लिभरपुललाई जित निकाल्दै अंक तालिकामा ५ अंकको अग्रता लिने अवसर थियो । एनफिल्डको खेल लिभरपुलले नियन्त्रणमा राखेको थियो ।

तर खेलको अन्तिम समयमा पाहुना टोलीले लिभरपुललाई स्तब्ध बनायो । खेलको अन्तिममा लिभरपुलका कप्तान जोर्डन हेन्डरसनको क्रसमा रोबर्टो फिर्मिन्होको हेड प्रहारलाई गोलकिपर जोनस्टोनले उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए ।

तरपनि शीर्ष स्थानको लिभरपुलले ३२ अंक जोडेको छ । दोस्रो स्थानको एभर्टनसंग लिभरपुलको अझै स्पष्ट तीन अंकको अग्रता छ । वेस्ट ब्रोम ८ अंक सहित तालिकाको पुछारदेखि दोस्रोमा छ

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*