१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

उपत्यकामा घोडेजात्रा मनाईयो ।

२२, चैत्र, काठमाडौ । चैत्र कृष्ण औँसीका दिन शुक्रबार (आज) काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व बिभिन्न कार्यक्रम गरि मनाईएको छ ।
धर्मिक बिश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेका कारण उसको संहार गरियो । त्यस पछी उसको प्रेतात्मा फेरि जागा न होस् भनी घोडाको टापले उसको आत्मालाई कुल्चायर दवाउने र बालबालिका सुरक्षित हुने बिश्वास संगैको परम्परा अनुसार यो जात्रा मनाउँदै आईएको छ ।
शहरका कुनै पनि बालबालिकामाथि त्यस आत्माले दुःख नदेओस भनी आजै राति त्यही रूखको फेदमा राक्षस् गुरुमापालाई खानेकुरा समेत दिने परमपरा छ ।


घोडेजात्राको दिन शुक्रबार (आजै) टुडिँखेलमा नेपाली सेनाले टुँडिखेलमा घोडा दौडको बिभिन्न कला, शारीरिक व्यायाम, युद्धकला लगायतको शक्ति, तथा बिभिन्न खेल प्रदर्शन गर्यो ।
प्रदर्शनलाई राष्ट्रपति बिद्यादेबि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री के.पि.ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, बिभिन्न मन्त्री, कुटनितिक नियोगका प्रमुख, संबैधानिक निकायका प्रमुख लागयतले अबलोकन गरे ।


आजकै दिन उपत्यकामा एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।
आज नेपाल सरकारले उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*