अभिनेत्री नीति शाह वैवाहिक जिवनमा बाँधिईन्

न्यूज समय

अभिनेत्री नीति शाह वैवाहिक जिवनमा बाँधिएकी छिन् ।

काठमाडौं जिल्ला अदालतमा शुक्रबार शाहले यचित शमशेर जबरासँग कानूनी विवाह गरेको अदालत श्रोतले बतायो ।
उनको न्यायाधीश दीनबन्धु बरालको इजलासमा कानुनी विवाह भएको हो ।

केही समय यता प्रेम सम्बन्धमा रहेका नीति र यचितले कानुनी विवाह गरेका हुन् ।
अभिनेत्री शाहले परम्परगत विवाह नगरी किन कानुनी विवाह गरिन भन्ने खुलेको छैन ।

‘मिस नेपाल इन्टरनेशनल २०१७’ बाट चर्चामा आएकी नीति ‘खजुरे ब्रो’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् ।
अहिले उनि ‘ज्वाइँ साब’ ‘नरसिंहा अवतार’ लगाएतका चलत्रिमा अभिनय गरिसकेकी छिन् भने थुप्रै म्यूजिक भिडियो पनि अभिनय गरेकी छिन् ।