चार देशीय टी–२० सिरिजको उपाधिका लागि आज नेपालले कुवेतसँग भिड्दै

न्यूज समय

चार देशीय टी–२० सिरिजको उपाधिका लागि आज नेपालले कुवेतसँग भिड्दैछन् । खेल हङकङको मङ ककस्थित मिसन रोड ग्राउन्डमा विहान सवा ११ बजे हुनेछ।

शनिबार नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान बनाएको हो। नेपालले तीन खेलबाट पाँच अंक बनाएर फाइनलमा स्थान बनाएको हो।

कुवेतले तीन खेलमा चार अंक हात पारेको थियो। हङकङ र कतारले तेस्रो स्थानका लागि आजै खेल्दैछन्। जारी प्रतियोगितामा नेपाल अपराजित एक मात्रै टोली हो।