राजनीतिक परिर्वतन जनताबाट संभव भएकाले जनताको जीवनमा लोकतन्त्र आउनुपर्छ : प्रधानमन्त्री ओली

न्यूज समय


प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिर्वतन जनताबाट संभव भएकाले जनताको जीवनमा लोकतन्त्र आउनुपर्ने बताएका छन् ।

मधेस प्रदेशसभामा मंगलबार विशेष सम्बोधन गर्दै ओलीले राजनीतिक परिवर्तन जनताबाटै सम्भव भएको विषय बिर्सन नहुने बताए । उनले सम्पूर्ण सामाजिक पक्षमा लोकतन्त्र फले फुले मात्रै लोकतन्त्र अघि बढ्ने बताए । उनले प्रणाली देश र जनताको सेवामा प्रयोग हुनुपर्ने विषय बिर्सन नहुने पनि बताए ।

जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन नसकिए र गरिबीबाट मुक्ति दिन नसकिए जनतालाई त्यसले नछुने उनले बताए । त्यसो गर्न नसकिए प्रणालीमाथि प्रश्न उठाउने ओलीको भनाइ छ । ओलीले विकासका लागि सुशासनमा ध्यान दिइनुपर्ने पनि बताए ।