आज काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितले आलग अलग स्थानमा प्रदर्शन गर्दै छन् । राप्रपाले विभिन्न स्थानबाट र्याली निकालेर बल्खुमा विरोध कार्यक्रम गर्न प्रशासनबाट अनुमति पाएका छन्।
त्यस्तै नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बिचमा, सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने तय भएको छ । सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको छ।
सूचना जारी गरी प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरूबारे जानकारी गराएको छ । कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह समेत ट्राफिक प्रहरीले आग्रह गरेको छ।
न्यूज समय
२६ चैत्र, २०८१, मंगलबार ००:००