नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । यही चैत्र ५ गते मंगलबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको अनौपचारिक बैठकले आजका लागि कार्यसम्पादन समिति बैठक तय गरेको थियो । बैठक दिउसो १ बजे पार्टी कार्यालय ललितपुरमा बोलाइएको छ ।
बैठकमा गणतन्त्रविरुद्ध पूर्वराजालाई अघि सारेर भएका प्रदर्शन, गणतन्त्रवादीको भूमिकासहितका समसामयिक एजेण्डा हुने पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए । बैठकमा पार्टीको पेसागत तथा बुद्धिजीवि विभागले बुझाएको प्रतिवेदनपछि उठेका प्रश्नका विषयमा पनि छलफल हुने बताइएको छ ।
बैठकमा लोकतान्त्रिक अपाङग संघको महाधिवेशनमा दुई अध्यक्षका उमेदवारलाई प्रहरी कब्जामा राखेर मतदान गराइएको विषयले पनि प्रवेश पाउने बताइएको छ । कार्यसम्पादन समितिमा कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालालगायत पूर्व पदाधिकारी समेत सहभागि हुने भएकाले लोकतान्त्रिक अपाङ्ग संघको महाधिवेशनमा जवरजस्ती भएको मतादानको विषयले प्रवेश पाउने एक नेताले बताए ।
न्यूज समय
१० चैत्र, २०८१, आईतबार ००:००