घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर संसदमा दिएको अभिव्यक्तिप्रति माफी मागे

न्यूज समय

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर संसदमा दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् । उनले चैत ३ गते संसदको विशेष समयमा बोल्दै यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए ।

त्यसको संसद भित्र र बाहिर आलोचना भएपछि उनले बुधबारको संसद बैठकको सुरुमै बोल्दै घिमिरेले ती आफ्ना व्यक्तिगत धारणा भएको प्रष्टीकरण दिदै क्षमायाचना गरे ।

उनले भने–‘मैले व्यक्त गरेको धारणा एउटा संसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणाहरु हुन् । यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन । यी विचारहरुले सम्मानित संसदका सदस्यहरु एवम् अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै उहाँहरुसँग क्षमायाचना गर्दछु ।’