भोलीदेखि प्रहरी महानिरीक्षक कुँवर अवकाशमा, अझै लागेन नयाँ महानिरिक्षकको टुंगो

न्यूज समय

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर भोलि सोमबारदेखि अवकाशमा जाँददैछन् । उनी अवकाशमा जानुभन्दा एक दिन अघिसम्म भावी महानिरीक्षकको टुंगो लाग्न सकेको छैन् । सरकारले समयमा महानिरिक्षकबारे निर्णय गर्न नसक्दा झन्डै ८० हजार जनशक्ति रहेको आन्तरिक सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरी भोलिबाट नेतृत्वविहीनको अवस्थामा पुग्न लागेको छ ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर ३० वर्ष सेवाअवधि पुरा गरेर भोलि अर्थात् चैत ४ गते अवकाशमा जान लागेका हुन् । तर, आन्तरिक सुरक्षा र अपराध नियन्त्रणको जिम्मेवारी पाएको प्रहरीमा आगामी नेतृत्व कसलाई दिने भन्ने सरकारले अझै टुंगो लगाएको छैन ।

सम्भवतः सोमबार बस्ने मन्त्रीपरिषद्को बैठकले भावी आइजीपीको टुंगो लगाउने अनुमान गरिएको छ । ३१ औं प्रहरी महानिरीक्षकका लागि अहिले तीन एआइजी दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन् ।