नेपालमा राजतन्त्र फर्किने कुनै माहोल छैन : सभापति देउवा

न्यूज समय

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हल्ला गरेर केही नहुने भन्दै नेपालमा राजतन्त्र फर्किने कुनै माहोल नभएको बताएका छन्। उनले सोमबार धनगढी विमानस्थलमा संचारकर्मीसँग राजतन्त्रका पक्षमा कुनै माहोल नभएको भन्दै सवै हल्ला मात्र भएको बताए ।

गठबन्धनको प्रसंगमा बोल्दै देउवाले वर्तमान सरकारमा कुनै समस्या नभएको बताउँदै यो गठबन्धन २०८४ सम्म कायम रहने उल्लेख गरे। कांग्रेसको १५ ओ महाधिवेशन समयमै हुने सभापति देउवाको भनाई छ।

सभापति देउवा कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलन उद्घाटन गर्न अधिकांश केन्द्रीय नेतासहित धनगढी आएका हुन्।