मुलुकमा अब राजतन्त्र फर्किन कुनै सम्भवना छैन, अब अराजकता, बलमिच्याँइ र जालझेल चन्दैन : प्रधानमन्त्री ओली

न्यूज समय

बर्दिबास । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब राजतन्त्र फर्किन कुनै सम्भवना नरहेको बताएका छन् । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गर्दै ओलीले मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै ओलीले सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिए ।

उनले अब अराजकता, बलमिच्याँइ र जालझेल नचल्ने भन्दै सबैले संविधानलाई आत्मासात गरेर अगाडि बढ्नुको विकल्प नभएको स्पष्ट पारे । ओलीले मुलुक अब आत्मनिर्भरताको बाटोमा लाग्नुपर्ने बताए । ‘

उनले औद्योगिक विकास र रोजगारी सृजनामा सरकारले प्राथमिकता दिने समेत बताए । प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयास बिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको सो क्रममा बताए ।