काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकलाई रिहा गर्न हमास समूहलाई अन्तिम चेतावनी दिएका छन्।
उनले सामाजिक सञ्जाल सोसल ट्रुथमार्फत् बन्धकहरुको रिहाईका लागि आफूले अन्तिम चेतावनी दिएको भन्दै अन्यथा हमासको कुनै पनि सदस्य सुरक्षित नहुने बताएका छन् ।
ट्रम्पले लेखेका छन्–‘सबै बन्धकलाई तत्काल छोड, जसको हत्या गरेका छौ उनीहरुको शव पनि फिर्ता गर, नत्र सिद्धिने छौ।’ ट्रम्पले हमास समूह मात्रै नभई गाजाबासी प्यालेस्टाइनीहरुलाई पनि चेतावनी दिए।
सुन्दर भविष्यले गाजाबासीको प्रतीक्षा गरिरहेको भन्दै ट्रम्पले त्यसअघि बन्धकहरुलाई त्यहीँ राखिरहने हो भने सबै सिद्धिने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ।
न्यूज समय
२२ फाल्गुन, २०८१, बिहीबार ००:००