युक्रेनलाई गम्भीर सुरक्षा ग्यारेण्टीविना युद्धविरामका लागि बाध्य पारिएमा विश्वका लागि असफलता : जेलेन्स्की

न्यूज समय


काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेनलाई गम्भीर सुरक्षा ग्यारेण्टीविना युद्धविरामका लागि बाध्य पारिएमा यो सबैका लागि एउटा असफलता हुने बताएका छन् ।

उनले सुरक्षा ग्यारेण्टीविनाको युद्धविरामले रुसको आक्रमणको दीर्घकालीन अन्त्य नल्याउने बताए । बेलायतको लण्डनमा युरोपेली मित्रराष्ट्रहरूसँगको वार्तापछि पत्रकार सम्मेलनमा जेलेन्स्कीले युद्धविरामले युद्ध अन्त्य गर्ने विचारलाई पर्याप्त नभएको बताए।

जेलेन्स्कीले बेलायत छोड्नुअघि भने–‘‘यदि युक्रेनलाई गम्भीर सुरक्षा ग्यारेण्टीविना युद्धविरामका लागि बाध्य पारिएमा यो सबैका लागि एक असफलता हुनेछ । ’