सरकारमा रहेका सबै दलहरू एकताबद्ध भएर अघि बढेमा सरकार सफल हुन्छ : सभापति देउवा

न्यूज समय

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकताबद्ध भएर अघि बढे सरकार सफल हुने बताएका छन्। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार भैरहवामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार रहेको र भोलिका दिनमा कांग्रेसको नेतृत्वमा सरकार रहने भएकोले एकताबद्ध भई अघि बढ्नुपर्ने बताए।

उनले भने– ‘हामी एकताबद्ध भई अघि बढ्नुपर्छ। त्यसो भएका खण्डमा भोलि हाम्रो सरकार बनेका खण्डमा एमालेको पनि पूरा भरोसा रहनेछ ।’

सभापति देउवाले अहिले सरकारमा कांग्रेस, एमालेसहित विभिन्न दलहरू रहेको पनि बताए। उनले सरकारमा रहेका सबै दलहरू एकताबद्ध भएर अघि बढेमा भोलिका दिनमा सरकार सफल स्पष्ट पारे । साथै सभापति देउवाले पार्टीभित्र देखा परेका मतभेदलाई अन्त्य गरेर जानुपर्नेमा जोड दिए।