पार्टीको विधानअनुसार नै १५ औं महाधिवेशन सम्पन्न गरिन्छ : उपप्रधानमन्त्री सिंह

न्यूज समय

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले पार्टीको विधानअनुसार नै १५ औं महाधिवेशन सम्पन्न गरिने बताएका हुन्। आइतबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले महाधिवेशनको आन्तरिक तयारी तीव्र रूपमा भइरहेको बताए ।

सिंहले पार्टीभित्र महाधिवेशन बारे आन्तरिक छलफल चलिरहेको भन्दै पार्टीको आन्तरिक संरचना मजबुत बनाउन आवश्यक रहेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि हामीले राजनीतिक स्थायित्वका लागि विभिन्न चुनौती सामना गरिरहेको पनि उनको भनाई थियो । उनले अहिले सरकारको काम मूल्यांकन गर्ने प्रक्रिया अघि बढिरहेको छ, जसमा मन्त्रालयहरूले कत्तिको प्रभावकारी रूपमा काम गरेका छन् भन्ने अध्ययन भइरहेको बताए ।

उनले आफू संस्थागत पार्टी निर्माणका लागि दृढ रहेको बताए । सिंहले पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वाभाविक भएपनि प्रतिस्पर्धा विधि र विधानअनुसार हुनुपर्नेमा जोड दिए । उनले पार्टीलाई बलियो बनाउन महाधिवेशनलाई अवसरका रूपमा लिनुपर्ने उनको भनाई थियो ।