काठमाडौँ । जेनेभामा राष्ट्रसंघको बैठकबाट स्वदेश फर्कदै गर्दा परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान खराब मौसमका कारण काठमाडौं ओर्लन नसकेपछि कोलकाता डाइभर्ट भएको छ ।
राणा चढेको कतार एयरलाइन्सको जहाज दोहाबाट काठमाडौँ आइरहेको थियो । काठमाडौँमा मौसम खराब भएपछि जहाज कोलकाता ल्यान्ड भएको हो ।
काठमाडौंमा ओर्लन धेरै कोसिस भए पनि मौसमले साथ नदिएपछि कोलकाता लगिएको बताइएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावको कारण आज बिहान काठमाडौं उपत्यकामा हल्का पानी परेको थियो ।
न्यूज समय
१६ फाल्गुन, २०८१, शुक्रबार ००:००