काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोग मानविय भलाई र सुखका लागि हुनुपर्ने भए पनि यसको सदुपयोग भइरहेको बताएका छन् । काठमाडौंमा बिहीबार डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले डिटिजल युगमा अपराधीह यसको सहायताबाट अपराध गर्न उद्दत भइरहेको बताएका हुन् ।
प्रविधिले सुविधा दिएसँगै यसबाट अनुचित लाभ लिन खोज्ने र अपराध गर्नेहरु पनि रहेको उनले बताए । यही विषय नै चुनौती भएको भएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले अहिले प्रविधि राज्य र समाजका लागी चुनौती भएको बताएका छन् ।
उनले अहिले प्रविधिको सहायतामा सञ्चालित सामाजिक सञ्जालहरु सभ्य समाज र राज्यका लागि अवरोध भएर आएको बताए । उनले समाजको खुसीका लागि पनि सामाजिक सञ्जालहरू बाधा बनिरहेका बताए । प्रविधिको दुरुपयोगले सामाजिक अपराधहरू बढ्दै गइरहेको प्रति उनले चिन्ता व्यक्त गरे ।
न्यूज समय
१५ फाल्गुन, २०८१, बिहीबार ००:००