अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै

न्यूज समय

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज नेपाल र म्यानमार भिड्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ । चार देश सहभागी च्याम्पियनसिपमा म्यानमार र नेपाल क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

म्यानमारले लिग चरणका तिन खेलमा दुई जित र एक बराबरीसहित ७ अङ्क हासिल गरेर शीर्ष स्थानमा रहेको थियो । म्यानमारले लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो ।

त्यस्तै नेपालको पनि तीन खेलमा २ जित र एक बराबरीसहित ७ अङ्क नै रहेको थियो । तर गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले पनि लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने म्यानमारसँग बराबरी खेलेको थियो ।