काठमाडौँ । नेपाली कांग्रेसमा छुट्टै गुट चलाउँदै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूनिकट नेताहरूको भेला बोलाएका छन् । १५ औं महाधिवेशनमा सभापतिको आकाक्षी देखिएका सिटौलाले आफ्नो पूरानो गुट ब्यू्रताउने कोशीस गरेका हुन् । १३ औं महाधिवेशनमा कोइराला समूहबाट विद्रोह गरेर आफ्नै समूह बनाएका सिटौलाको समूहमा त्यो बेला बर्तमान महामन्त्री गगन थापा, स्वस्थ्यमन्त्री प्रदीप पौडेल समेत थिए ।
तर अहिले सिटौलासँग आफूबाहेक २ केन्द्रीय र केहि जनप्रतिनिधि मात्र रहेका छन् । १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई सघाएका नेता सिटौलाले शनिबार काठमाडौंको चण्डोलस्थित निवासमा आफूनिकट नेताहरूको भेला गरे । भेलामा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, बागमती प्रदेशका मन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कुन्दन काफ्ले, कोशी प्रदेशका मन्त्री भूपेन्द्र राई, पूर्व रक्षामन्त्री भिमसेनदाश प्रधान सहभागी थिए ।
यस्तै पार्टीका बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, गण्डकी प्रदेश सांसद जीत शेरचन, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन पनि उक्त भेलामा उपस्थित थिए । भेलाले पार्टीको संस्थापन पक्षका राजनीतिक गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । नेता सिटौला सभापति देउवालाई सघाउँदै आएका ११ जना नेताहरूका साथ फागुन २ गते बूढानीलकण्ठ पुगेका थिए ।
न्यूज समय
१० फाल्गुन, २०८१, शनिबार ००:००