काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०८४ को चुनावपछिको महाधिवेशन स्वीकार्य नहुने स्पष्ट पारेका छन् । प्रजातन्त्र सेनानी संघको महाधिवेशनमा सहभागि हुन आएका प्रतिनिधिहरुको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै डा कोइरालाले निर्धारित समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिए।
उनले भने– ‘म अहिले जिल्लाजिल्लामा हिँडिरहेको छु । बजारमा ०८४ को चुनावपछि मात्रै महाधिवेशन गर्ने भन्ने कुरा सु्निरहेको छु । त्यो चिन्ताजनक विषय हो। त्यो कुरा म मान्नै सकिदैन । तपाईंहरुले पनि जिल्लाजिल्लामा नत्र अफ्ठ्यारो हुन्छ भनेर सम्झाउनुपर्छ।’
उनले महाधिवेशन समयमै गराउने वातावरण बनाउनको लागि दबाब दिनको लागि आफू निकट नेता कार्यकर्तालाई निर्देशन दिए । कोइरालाले अहिले नेपाली कांग्रेस कमजोर भएको दाबी गर्दै अधिवेशनको टुङ्गो नलागेकोप्रति आपत्ति जनाए ।
अहिले राज्य नै एमालेकरण भइरहेको भन्दै गम्भीर हुनुपर्ने उनले बताए । सांसद कोइरालाले सरकारलाई एमालेकरण हुनबाट जोगाउन सबैले दबाब दिनुपर्ने बताए ।
न्यूज समय
१० फाल्गुन, २०८१, शनिबार ००:००