काठमाडौँ । सरकारले जारी गरेका अध्यादेशहरूको प्रक्रिया संघीय संसद्का दुवै सदनमा अघि बढाउने सहमति भएको सत्तारुढ गठबन्धनले दाबी गरेको छ ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दलहरूबीच सहमति जुटेको गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनका अनुसार बहुमत पुग्नेगरी दलहरूबीच सहमति भएको छ । उनले कस्ता कस्ता विषयमा सहमति भएको भन्नेचाहिँ खुलाएनन् ।
गृहमन्त्री लेखकले भने–‘अध्यादेश स्वीकृत गर्ने, अध्यादेश अघि बढाउने बारेमा छलफल भयो । छलफल सकारात्मक रुपले निष्कर्षमा पुगेको छ । ‘बहुमत पुग्छ । पुग्नेगरी छलफल भएको छ ।’
न्यूज समय
३ फाल्गुन, २०८१, शनिबार ००:००