चर्चित गायक नरेश खातिको “लभ पर्या छ” बोलेको गीत सोमबार सार्वजनिक भएको छ ।
गायक खाति र सुमित्रा गिरीको आवाजमा सजिएको गीतको शव्द तथा संगीत स्वयं खातिको नै रहेको छ ।
डान्सिङ विटमा तयार पारिएको गीतमा तेज गिरी र दीपा शाहीले अभिनय गरेका छन् भने भिडियोको कोरियोग्राफ तथा डाईरेक्शन बिक्रम चौहानले गरेका हुन् ।
मेक्सम नरेश अफिसियल युट्युब च्यालनबाट सार्वजनिक गीत यो समाचार तयार पार्दासम्म एक घण्टामा ८८१ जनाले अवलोकन गरिसकेका थिए ।
केही समय यता लगातार चर्चित गीतहरु नेपाली सांगीतिक श्रोता तथा दर्शकलाई दिदै आएका नरेश यो गीतले पनि नेपाली श्रोताको मन जित्ने आशामा रहेको बताउँछन् ।
साथै श्रोता दर्शकको माया यसै गरी निरन्तर पाईरहे आफुले नेपाली संगीत क्षेत्रलाई अझ योगदान दिदै जाने खातिको भनाई छ ।
भिडियो तल गएर हेर्न सकिन्छ ।
न्यूज समय
२८ माघ, २०८१, सोमबार ००:००