काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल फलोअप उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन्। फलोअप उपचारका लागि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल गएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलको गत मंसिरमा त्रिवि शिक्षण अस्पतालमा उपचार गराइएको थियो। राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी समस्या देखिएपछि शल्यक्रिया गरिएको थियो ।
उनी त्यसैको फलोअपका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका हुन् ।
न्यूज समय
२७ माघ, २०८१, आईतबार ००:००