काठमाडौँ । उपप्रधान एवम अर्थमन्त्री पौडेलले स्वस्थ खानपानको अभाव र प्रदूषण लगायतका कारणले गर्दा मिर्गौला रोगीहरुको संख्या बढिरहेको बताए्का छन् । नेपाल नेशनल अस्पतालमा डायलासिस सेवाको शुभारम्भ गर्दै उनले मिर्गौला रोगीहरुको संख्या बढ्नुले स्वास्थ्य व्यवस्थापनमा चुनौती थपिएको बताए।
उनले मिर्गौला रोगीहरु बढिरहेको अवस्थामा यस अवस्थालाई मध्यनजर गरेर नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गर्नु सुखद् रहेको बताए। उनले सरकारले गरिरहेका प्रयासहरुमा निजी क्षेत्रबाट पनि मद्दत गर्ने पहल सकारात्मक भएको बताए।
कार्यक्रममा बोल्दै नेपाल नेशनल अस्पतालका आइसियु विज्ञ तथा निर्देशक डा. प्रकाश पौड्यालले नेपालमा अहिले मिर्गौला रोगीको अवस्था भयावह रहेको बताए। उनले हरेक १६ जना वयस्क व्यक्तिमध्ये एकजना मिर्गौलाको बिरामी रहेको तथ्यांक रहेको बताए।
न्यूज समय
२५ माघ, २०८१, शुक्रबार ००:००