सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री ओली

न्यूज समय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण तथा आयोजनाहरुको प्रगतिका सम्बन्धमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् ।

दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सबै मुख्यमन्त्रीसँग संवाद गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

चालू आर्थिक वर्षको सात महिना बित्न लाग्दासमेत प्रदेश सरकारहरुको पूँजीगत खर्चको अवस्था सन्तोषजनक छैन भने अर्कोतर्फ तारन्तार हुने प्रदेश सचिव परिवर्तन तथाआवश्यक कानुनको अभाव लगायतका कारणले पनि प्रदेश सरकारले गरेका काम प्रभावकारी देखिन सकेका छैनन्।

झण्डै एक घण्टा मुख्यमन्त्रीहरुसँगको छलफलपछि प्रधानमन्त्री ओली दिउँसो २ बजे संगरमाथा संवादको तयारी बैठकमा सहभागी हुने उनको सचिवालयले जनाएको छ।