काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको प्रवर्द्धन आवश्यक रहने भन्दै नेपालजस्तो विकासशील देशमा स्टार्टअप र साना व्यवसायहरूको थप महत्व रहेको बताएका छन् ।
उनले नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागद्वारा आयोजित स्टार्टअप तथा साना व्यवसाय सम्मेलन सफल रहेको भन्दै सामाजिक संजाल मार्फत विभागका संयोजक उर्मिला थपलियालगायत टिमलाई धन्यवाद दिदै डा कोइरालाले यस्ता उद्यमहरूलाई सहजीकरण गर्न सरकारले नीति तथा पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए ।
डा कोइरालाले सरकारले लगानीको वातावरण सुधार गरी साना व्यवसायीहरूलाई प्रोत्साहन गरेमा उनीहरूले अर्थतन्त्रमा ठूलो योगदान दिन सक्ने सम्मेलनबाट स्पष्ट खाका देखिएको बताए ।
उनले उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले गरेको सम्मेलन आर्थिक पारदर्शिता, लगानी प्रवर्द्धन, डिजिटल अर्थतन्त्रको सुदृढीकरण, उद्यमी–मैत्री नीति विकास र पार्टी एकताको महत्वपूर्ण कदम रह्यो। यस्ता सम्मेलन प्रदेश, जिल्ला र स्थानीय तहसम्म विस्तार हुने अपेक्षा गरेको पनि बताएका छन् ।
न्यूज समय
१८ माघ, २०८१, शुक्रबार ००:००