काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरू बैठकमा फर्किएका छन् । सभामुख देवराज घिमिरेले उनीहरू विना नै संसद बैठक संचालन गर्ने भएपछि आफै १५ मिनेटपछि फर्किएका हुन् ।
संसद् अधिवेशन शुरू हुने दिन बोल्न शुक्रबार आकस्मिक समयमा बोल्न नपाएपछि रास्वपा सांसदहरूले बैठक बहिष्कार गरेका थिए । आफ्नो कुरा राख्न नपाएपछि १५ मिनेट सांकेतिक रूपमा बैठक बहिष्कार गरेको र त्यसपछि बैठकमा उपस्थित हुन लागेको रास्वपाका सांसदहरूले जनाएका छन् ।
बैठकमा सभामुख र रास्वपा सांसदहरूबीच लामो समय सवालजवाफ चलेको थियो । सभामुखले विरोधका बीच बैठक अगाडि बढाएपछि रास्वपा सांसदहरू बैठक छाडेर हिँडेका थिए । रास्वपाले कार्यव्यवस्था परामर्श समितिको बैठक दलिय आधारमा संसदमा बोल्ने विषयमा तयार भएको थियो ।
तर कार्यव्यवस्था समितिको बैठकमा भएको सहमति विपरित संसद बैठकमा प्रस्तुत भएपछि सभामुख घिमिरेरले रास्वपाको विरोधका बीच संसद बैठक अगाडि बढाएका थिए ।।
न्यूज समय
१८ माघ, २०८१, शुक्रबार ००:००