प्रधानमन्त्रीले हिउँदे अधिवेशनको पहिलो दिन नै संसद्‌मा सम्बोधन गर्ने

न्यूज समय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन नै संसद्‌मा सम्बोधन गर्ने भएका छन्। संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । आइतबार सभामुख देवराज घिमिरेले सत्तारूढ दलका सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। त्यसक्रममा सभामुखलाई प्रधानमन्त्रीले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम तय भएको बारेमा जानकारी दिएका हुन् ।

सभामुख घिमिरेले आइतबार नै प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्दै छन्।