कांग्रेसको संसदीय दलको बैठक आज, संसदकाे अधिवेशनबारे छलफल

न्यूज समय

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउसो बस्दैछ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बैठक बस्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । 

घिमिरेका अनुसार बैठकमा सरकारले ल्याएका अध्यादेश, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि नै प्रस्तुत भइसकेका विधेयकहरूमाथि छलफल हुनेछ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन आह्वान गरिसकेका छन् ।