एकीकृत समाजवादीका ओखलढुंगा जिल्ला अध्यक्ष वाग्ले कांग्रेसमा प्रवेश गर्दै

न्यूज समय

काठमाडौं । नेकपा एकीकृत समाजवादीका ओखलढुंगा जिल्ला अध्यक्ष हंसराज वाग्ले सो पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् ।

उनलाई सभापति शेरबहादुर देउवाले पार्टी सदस्यता दिएर स्वागत गर्नेछन् ।

नेपाली कांग्रेस ओखलढुंगाका उपसभापति कमल तामाङका आज विहिबार विहान सभापति देउवा निवासमा वाग्ले रलाई कांग्रेस प्रवेश गराउने कार्यक्रम रहेको छ ।

वाग्लेले २०७९ अगाडि नेपाली कांग्रेस छोडेर एकीकृत समाजवादीमा गएका थिए ।